सामाजिक विभेदका घटनालाई अन्त्य गर्न बस्ती स्तरमा जनचेतना जगाउनुपर्नेमा जोड

सामाजिक विभेदका घटनालाई अन्त्य गर्न बस्ती स्तरमा जनचेतना जगाउनुपर्नेमा जोड

धनगढी । फाउन्डेसन फर अ जस्ट सोसाइटी ( एफ टी एसको ) सहयोगमा दलित महिला संघ  (फेडो) कैलालीको आयोजनामा अगुवा दलित महिला अभियान्ताहरुको जिल्ला स्तरीय सञ्जाल पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली समाजमा भएको जातीय विभेद र कुसंस्कारका कारण दलित महिलाहरू अझै पनि धेरै पछाडि परेका छन् । आर्थिक, सामाजिक, शैक्षिक स्तर निकै नाजुक अवस्थामा रहेका र विकासको मूलधार वाट पनि पछि परेका र बनेका कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुदाँँ दलित महिला र बालबालिका हिंसाको सिकार हुने गरेकाले समाजमा रहेका अगुवा दलित महिलाहरूको सञ्जालले पछाडि र अन्यायमा परेका महिलाहरूको हक हित र अधिकार संरक्षण, सर्वद्धन गर्ने सक्ने भएकाले जिल्ला स्तरीय दलित महिला अगुवाहरूको सञ्जाल पुनर्गठन गरेको हो । 

कार्यक्रममा बोल्दै सानो श्रीमान् श्रीमतीको घटना सामाजिक अभियन्ता कारण सम्बन्ध विच्छेदसम्म पुगेको पाइन्छ । त्यसैले सामाजिक अभियन्ताले कुनै पनि घटनालाई राम्ररी बुझ्नुु आवश्यक रहेको बताइएको छ । 

कार्यक्रममा बोल्दै दलित महिला अभियन्ता तारा वि।क ले महिला त्यसैमाथि पनि दलित महिलाहरू आर्थिक र सामाजिक मूल्यमान्यताका कारण चाहेर पनि बाहिर नआउने भएकाले त्यस्ता घटनमहरुलाई बाहिर ल्याउन र कानुनी उपचारसम्म लैजान निकै गाह्रो भएको बताइन्।

कार्यक्रममा बोल्दै दलित महिला संघ (फेडो) कैलालीका परियोजना संयोजक विनोद घिमिरेले हाम्रो समाजमा रहेका सामाजिक विभेदका घटनाहरूलाई अन्त्य गर्न बस्ती स्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए । जातीय विभेद विरुद्ध बनेका कानुन कार्यान्वयन गराउन र थप आवश्यक पर्ने नीति निर्माणका लागि अभियान्ताहरुको सञ्जालले काम गर्न सक्ने उनको भनाई छ ।