दर्जौनौ विद्यालयहरुमा लाइब्रेरी स्थापना गरेका बब भण्डारी

दर्जौनौ विद्यालयहरुमा लाइब्रेरी स्थापना गरेका बब भण्डारी

धनगढी । डडेल्धुराको साविक समैजी गा.बि.स. मा जन्म लिएका समाजसेवी हुन बब भण्डारी । हाल संयुक्त राज्य अमेरिका, टेक्सास को ड्यालस बसिरहेका समाजसेवी भण्डारी नेपालमा दर्जौनौ विद्यालयहरुमा लाइब्रेरी स्थापना गर्नेमा परिचित बनीरहेका हुन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) नेपाली समाज टेक्सास, सुदुरपश्चिमेलि समाज टेक्सास सहित दर्जनौं समाजिक संस्थाहरुमा अगुवाई र नेतृत्व गर्दै समाजिक सेवामा सक्रिय भण्डारीले अमेरिकामा बस्दै आएपनि जन्म भुमि नेपाल र नेपालिहरुकालागी विभिन्न कल्याणकारी कार्य गर्दै मातृभूमिलाई ठुलो सहयोग पुर्याउदै आएका छन।

मानव कल्याणहेतु  आफ्नो कमाईको ठूलो अंश खर्च गरी आफ्नो जीवनलाई मानव सेवामा समर्पित गरिरहेका भण्डारीले बिगत दुई बर्ष एनाआरएनएको लाईब्रेरी बिभाग प्रमुख भएर दुरदराजका दर्जनौं विद्यालयहरुमा ‘एनाआरएनए लाईब्रेरी’ र ‘लाईब्रेरी कोष’ समेतको स्थापना गरेर देशका नानी बाबू हरुलाई ठूलो गुण लगाएका छन् ।

सुदुरपश्चिमका कैलाली कंचनपुर र पहाडी जिल्ला डडेल्धुराका डेढ दर्जन विद्यालयहरुमा १० औं हजार पुस्तक राखिएका लाईब्रेरिहरु बाहेक काठमाडौ लगायत नेपालको पुर्बी तराई र दुर्गम जिल्ला हरुमा पनि दर्जनौं लाईब्रेरीहरु हस्तान्तरण गर्न प्रवास मै रहेर उनले निकै ठूलो मिहिनेत,समय र धन खर्चिए ।

पटक पटक खाडी मुलुकमा अलपत्र परेका थुप्रै नेपाली दाजु भाइ हरुको सुरक्षित स्वदेश फिर्तीको उद्धार कार्य समेत गरेका भण्डारीले आपतकालीन समय र आपत्तिमा परेकाहरुका लागि हृदय खोलेर सहयोग गर्न सदैव तत्पर रहने व्यक्ति बनेका छन् ।

विद्यार्थी काल देखि नैं समाजसेवामा रमाउने भण्डारीले आफू संरक्षक रहेको भक्त बि.बि. फर ह्युमानिटी मार्फत नेपालको बिनाशकारी  भुकम्पको आपतकालीन समय, पटक–पटकको बाढी पहिरोको प्रकोपमा ठूलो राहत सामग्रीहरु बितरण गरे।

बिश्वब्यापी कहर, कोरोनाको प्रकोप र लकडाउनको समयमा छिमेकी मुलुक र तेस्रो मुलुकबाट फिर्ती भएकाहरुलाई सुरक्षित आश्रय दिएर नमुना क्वारेन्टाइन संचालन, निःशुल्क औषधि, मास्क, पिपिई फर्म बितरण, आपतकालीन स्वदेश फर्किदा अलपत्र परेका यात्रुहरुलाई विभिन्न नाकाहरुमा निःशुल्क बस सेवा, बाटो बाटोमा निःशुल्क खाजा, खाना र पानी बितरणको ब्यवस्थापन, बिभिन्न  अस्पतालहरुमा निःशुल्क दुई हजार थान अक्सिजन सिलिन्डर प्रदान लगायत पिसिआर मेशिनहरु खरिदमा ठूलो दान गरि मानवीय सेवाको कार्य गरे ।

गोठालो फाउन्डेसनका संरक्षक रहेका भण्डारीले नेपाल भरिका राजमार्ग र यत्रतत्र अलपत्र छोडिएका गाई–गोरूहरुको उचित व्यवस्थापन होस् भन्ने उद्देश्यले आफू आवस्यक सहयोगका लागि तत्पर रहेको बताए।

सडक संजालले न छोएका कर्णाली प्रदेश र सुदुरपश्चिम् प्रदेशका दुर्गम गाउँहरुमा स्वास्थ्य चौकी सम्म अशक्त बिरामी तथा सुत्केरी आमाहरुलाई ल्याउन लैजान सयौं संख्यामा फोल्डिङ्ग स्ट्रेचरहरु बितरणको  कार्य ब्यक्तिगत र अन्य सघं संस्थाहरुसङ्गको सहकार्यमा गरे । देश दुख्दा दुख महसुस गर्ने समाजसेवी भण्डारीले निकट भविस्यमा स्वदेश फर्की आफ्नो बांकी जीवन मानव सेवाको महत्त्वपूर्ण सेवा–समाज सेवामा समर्पित गर्ने बताए।