अछामको कोटिहोम कुण्डमा आगलागी

अछामको कोटिहोम कुण्डमा आगलागी

धनगढी । अछामको कोटिहोम कुण्डमा आगलागी भएको छ । बैद्यनाथ धाममा १४४ वर्षपछि आयोजना गरिएको कोटीहोम महायज्ञमा आगलागि भएको हो । होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ।

साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन २५ गते शिवरात्रीसम्म सञ्चालन हुने गरी कोटीहोम महायज्ञ आयोजना गरिएको थियो । आगलागीको क्षतीको विवरण भने आईसकेको छैन ।