खानेपानी, सरसफाई तथा स्वच्छता गुरुयोजना तयार गरी कार्यान्वयन गर्छाै : भौतिक पूर्वाधार विकास मन्त्री देउवा

खानेपानी, सरसफाई तथा स्वच्छता गुरुयोजना तयार गरी कार्यान्वयन गर्छाै : भौतिक पूर्वाधार विकास मन्त्री देउवा

धनगढी ।  तीन तहको सरकारको समन्वय तथा सहकार्यमा खानेपानी, सरसफाई तथा स्वच्छता गुरुयोजना तयार गरी कार्यान्वयन गरिने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताएका छन् ।

शनिवार कैलालीको बासकोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिती गोदावरी नगरपालिका–४ को दोस्रो बार्षिक साधारण सभा तथा आयोजना हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

साथै उनले सुदूरपश्चिमका खानेपानी सेवाबाट बञ्चित तथा विपन्न बस्तीहरुमा खानेपानी पुर्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । उनले योजना बनाएरै खानेपानीको सुनिश्चितता गराउने तर्फ भौतिक पूर्वाधार विकास मन्त्रालय अघि बढिरहेको बताए । शनिवार कैलालीको बासकोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिती गोदावरी नगरपालिका–४ को दोस्रो बार्षिक साधारण सभा तथा आयोजना हस्तान्तरण कार्यक्रममा मन्त्री देउवाले नेपालको संविधानमा स्वच्छ वातावरण, खानेपानी तथा सरसफाइ सेवालाई मौलिक हकका रुपमा स्थापित गरेको बताए ।

साथै उनले प्रदेशका सबै नागरिकको खानेपानी पहुँच सहित गुणस्तरीय खानेपानी पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको समेत बताएका हुन् ।  सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय निरन्तर खानेपानी आयोजनाको विकास तथा विस्तारमा लागिरहेको दाबी गरे ।

सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रममा सबैलाई आधारभूत स्तरको खानेपानी सेवामा पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रम रहेको र खानेपानी सेवाबाट वञ्चित तथा बिपन्न बस्तीहरुमा खानेपानी आपूर्तिको विशेष व्यवस्था गर्ने नीति रहेको उनले बताए ।

हालसम्म सुदुरपश्चिम प्रदेशमा आधारभूत स्तरको खानेपानी सुविधाको पहुँच ८६.५३ प्रतिशत जनसंख्यामा रहेको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले बताए ।