नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय  सचिवमा सुदूरपश्चिमबाट लामिछाने, राष्ट्रिय अध्यक्षमा शर्मा

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय  सचिवमा सुदूरपश्चिमबाट लामिछाने, राष्ट्रिय अध्यक्षमा शर्मा

धनगढी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सचिवमा सुदूरपश्चिमकाबाट शम्भु लामिछाने निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न भएको महासंघको ७ औँ महाधिवेशनबाट लामिछाने सचिवमा निर्वाचित भएका हुन । जम्मा ५११ मत खसेकोमा उनले ३०९ मत प्राप्त गरे  ।

सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सक्रिय लामिछाने चितवनको सौराहामा सम्पन्न छैटौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा स्टेसनरी तर्फ योगेन्द्र बहादुर शाही र भूगोल तर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट शङ्कर बहादुर कठायत निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा पुस्तक तर्फ खुल्ला उम्मेदवारी दिएका सुदूरपश्चिमका शंकर दत्त भट्ट भने पराजित भएका छन् । ७ जना केन्द्रीय सदस्य खुल्लाका लागि १५ जनाको मनोनयन परेको थियो । भट्टले  २२४ मत मात्र प्राप्त गरे । 

यस्तै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिव सागर शर्मा निर्वाचित भएका छन् । महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष शर्मा गुड विल पब्लिकेसन्सका सञ्चालक हुन् ।

अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी रहेको थियो । कुल ५११ खसेको मतमा शर्माले ३२३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरे ।

त्यसै गरी वरिष्ठ उपाध्यक्षमा मातृका सिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के चयन भएका छन् । 

महासचिवमा विष्णुप्रसाद पौडेल, उप९महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै महिला सचिवमा कोपिला गिरि निर्वाचित भएका छन् । 

त्यसै गरी सह-कोषाध्यक्षमा रविन बराल र लेखा संयोजकमा कृष्णराम कार्की निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्य खुल्ला तर्फ र भूगोल तर्फ केन्द्रीय सदस्यमा १४ जना निर्वाचित भएका छन् ।