श्रीपुर खानेपानीको अध्यक्षमा दीर्घ बहादुर साउँद

श्रीपुर खानेपानीको अध्यक्षमा दीर्घ बहादुर साउँद

धनगढी । कैलालीको गोदावरी ७ मा रहेको श्रीपुर खानेपानीको अध्यक्षमा दीर्घ बहादुर साउँद विजयी भएका छन्। श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा साउँद निर्वाचित भएका हुन्।

शनिवार चन्द्र बहादुर शाहीलाई पराजित गर्दै साउँद निर्वाचित भएका छन्। उनले ४१६ मत ल्याउँदा शाहीले ३४८ मत पाएका छन्। समितिको उपाध्यक्षमा साउँदको प्यानलबाट उम्मेदवारी दिएकी बिना गोतामे निर्विरोध निर्वाचित भएकी थिइन।

समितिको सचिवमा साउँद प्यानलकै खेमराज ओझा निर्वाचित भएका छन्। उनी ४ सय मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्व गोपाल सिंह साउँदले ३६३ मत पाएका छन्। कोषाध्यक्षमा भने शाही प्यानलका खगेन्द्र राज पनेरु निर्वाचित भएका छन्। उनी ३९४ मत ल्याउँदै विजयी भएका हुन। उनको प्रतिद्वन्द्वि महानन्द भट्टले ३५६ मत पाए।