मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे

मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे

काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ ।

माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिनेछन् ।