मोरङमा १५ वर्षीया बालिकाको हत्या

मोरङमा १५ वर्षीया बालिकाको हत्या

मोरङ । मोरङमा एक बालिकाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलीमा १५ वर्षकी बालिकाको हत्या भएको प्रहरीले जनाएको छ । 

खोटाङ घर भएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।  

उनका अनुसार राति १० बजेतिर शौच गर्न बाहिर निस्किएका बेला उनको हत्या भएको खुलेको छ । घटनाको अनुसन्धान गर्न मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहितको टोली घटनास्थल पुगेको छ ।हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन ।

तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको टोली अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

उनी कक्षा सातमा अध्ययरत थिइन् । राई मामाको घरमा बसेर पढ्ने गरेकी थिइन् ।