२३ वर्षपछि पक्राउ परे हत्याका आरोपी

२३ वर्षपछि पक्राउ परे हत्याका आरोपी

काठमाडौं ।  प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय प्रेमबहादुर तामाङ छन्।

उनीमाथि २०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा नम्बर ३ मा मख्खु भन्ने छेवाङ तामाङको हत्या गरेको आरोप छ।

आफन्तको घरमा त्यसराति घेवा मान्न जाँदा नाँचगान गर्नेक्रममा प्रेमबहादुरले छेवाङमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए। 


त्यस दिन दिउँसो छेवाङ र स्थानीय छट्टु तामाङबीच भएको झगडाको विषयलाई लिएर प्रेमबहादुरले छेवाङको हत्‍या गरेको प्रहरीले जनाएको छ।

त्यसदिनपछि फरार रहेका उनलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट सोमबार पक्राउ गरेको हो। 

थप कारबाहीका लागि सिआइबीले उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाएको छ।