१२ वर्षीया बालिका बलात्कार आरोपी ११ महिनापछि पक्राउ

१२ वर्षीया बालिका बलात्कार आरोपी ११ महिनापछि पक्राउ

काठमाडौं । सर्लाहीमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१० का टेके सार्की रम्तेल छन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधि ज्ञवालीका अनुसार सार्कीले ११ महिनाअघि ईश्वरपुरकै फुलजोर खोलामा एक बोल्न नसक्ने बालिकालाई बलात्कार गरेर फरार भएका थिए ।

उनलाई सर्लाही प्रहरीको टोलीले ११ महिनापछि उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, सार्कीले गएको वैशाखमा ती बालिकालाई बलात्कार गरेका थिए ।

बलात्कारबाट बालिकाले पुसमा बच्चा समेत जन्माएका थिए । तर, जन्मिएको दुई दिनपछि बच्चाको मृत्यु भएको खुलेको छ ।पक्राउ परेका सार्कीमाथि थप अनुसन्धान भइरहेको एसपी ज्ञवालीले जानकारी दिए ।