महालक्ष्मी विकास बैंकद्वारा जोशीलाई छात्रवृत्ति रकम प्रदान

महालक्ष्मी विकास बैंकद्वारा जोशीलाई छात्रवृत्ति रकम प्रदान

धनगढी ।  महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय धनगढी कैलालीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति रकम प्रदान गरेको छ । 

महालक्ष्मी विकास बैंक लिमिटेडका पूर्व अध्यक्ष नवराज बहादुर सिंहको सम्झनामा स्थापित 'स्वर्गीय श्री नवराजबहादुर सिंह महालक्ष्मी मेरिट छात्रवृत्ति' तेस्रो वर्षको पुरस्कार राशि रु. ५० हजार प्रदान गरेको हो ।

सोमबार एक कार्यक्रमका बिच श्री त्रिनगर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा  हिरा कुमारी जोशीलाई सो रकम प्रदान गरिएको हो । जेहनदार तथा आर्थिक अवस्था कमजोर भएका उनको पढाइमा सहयोग होस भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो । 

कक्षा १० मा अध्ययनका लागि आर्थिक सहयोग पूगोस भन्ने उद्देश्यका साथ रकम प्रदान गरिएको बैकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले बताए । रकम प्रदान बैकका सुदूरपश्चिम प्रदेश प्रमुख नेपाल र धनगढी शाखा प्रबन्धक झंकर बहादुर कडायतले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

No description available.

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्का, शिक्षकहरू, बैंकका क्रर्मचारीहरु र विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।