धनगढीमा बृहत रक्तदान कार्यक्रम

धनगढीमा बृहत रक्तदान कार्यक्रम

धनगढी । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजनामा धनगढीमा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।

निस्तार चाडको अवसरमा ‘निस्तार चाडको प्रेम, जिवन बचाउने प्रेम, रक्तदान अअभियान’ भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले समुदघाटन गरेकी थिइन्  । सो अवसरमा बोल्दै उपप्रमुख रानाले रक्तदान मानविय सेवा भएकाले सबैले रक्तदान गर्न जरुरी रहेको बताइन् । उनले भनिन –‘एक थोपा रगतले मानिसको ज्यान बचाउनमा मद्दत पुग्छ । सबैले रक्तदान गर्दा समाजमा रगत अभावका कारण कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन् ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडका, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष बासुदेव विनाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मण्डलीका अध्यक्ष अनिल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा एक सय सात जनाले रक्तदान गरेका थिए । रक्तदानमा टीकापुर, भिमदत्त, घोडाघोडी, गोदावरी, गौरिगंगा लगायतका क्षेत्रका मानिसको सहभागिता रहेको थियो ।

मण्डलीले अहिले विश्वव्यापी रुपमा १२८९ औं रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।  बाइबल अनुसार निस्तार चाडचाहि ‘विपत्ती पार भएर जान्छ’ भन्ने शब्द रहेको मोक्तानले बताए ।