दार्चुलामा बाघको छालासहित युवा पक्राउ

दार्चुलामा बाघको छालासहित युवा पक्राउ

धनगढी । दार्चुला प्रहरीले बाघको छालासहित एक जना युवालाई पक्राउ गरेको छ ।

दार्चुला प्रहरी र प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरको संयुक्त टोलीले नौगाड गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षिय शेरसिंह धामीलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा धामीलाई मार्मा गाउँपालिकाबाट बाघको छालासहित पक्राउ गरेको दार्चुला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार युवालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।