फाराम भर्न सके लोकसेवा पास गरे जस्तै

फाराम भर्न सके लोकसेवा पास गरे जस्तै

दार्चुला : लोक सेवा आयोगको अनलाइन फाराम भर्न सके परीक्षा पास गरे जस्तै अनुभुती हुने दार्चुलाका युवाहरुले बताएका छन् । अनलाइन फारम भर्नका लागी जिल्लाका विभिन्न भेगबाट सदरमुकाम खलंगा झरेका युवाहरु आयोगको सर्भर सिस्टममा समस्या आए पछि दिक्क भएका छन् ।

सोमबार विहानै अढाइ घण्टा बसको यात्रा गरेर खलंगा आएकी मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ की कल्पना पन्तले फाराम भर्न सकिए परिक्षा पास गरे जस्तै अनुभुती हुने बताइन् । विहान ८ बजेदेखी साझ ५ बजे सम्म पनि फारम भर्न नसकिए पछि रित्तो हात घर फर्किन बाध्य उनी स्थानिय तहको नायब सुब्बा पदका लागी अनलाइन फाराम भर्न उनि खलंगा आएको बताए ।

यस्तै दुखेसो जिल्लाका विकट क्षेत्र व्यास गाउँपालिकाका रोशन कुवरको पनि कम्ती छैन् । उनी भन्छन् २ घण्टा हिडेर तुइन मार्फत भारतीय मार्ग हुदै सदरमुकाम पुगे, यता आउदा सिस्टममा समस्या छ भन्दा साहै्र दुख महशुस गरे । स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार अरु दिनको तुलनामा अनलाइन फारम भर्नेहरुको संख्या दोब्बरले बढेको लोटस कम्प्युटर ईजुकेशन सेन्टरका संचालक जहेन्द्र सिंह महराले बताए ।

गाउँघरबाट विहानै फाराम भर्नको लागी जिल्ला सदरमुकाम खलंगा आएका युवा युवतीहरु भोकभाकै लाईनमा बस्न बाध्य देखिन्थ्ये, कम्प्युटर सेन्टर तथा साईबरहरुमा फारम भर्नेहरुको लाम लागेको थियो । फारम भर्नका लागी आइडी बनाउनु पर्ने तथा सिस्टम नचले पछि फारम भर्नै समस्या भएको लोटस कम्प्युटर ईजुकेशन सेन्टरका संचालक महराले बताए ।

एकै फारा भर्न ३, ४ घण्टा लाग्ने गरेको उहाको भनाइ छ । पुरानो यसअघि नै आइडी बनाएकाहरुको भने फाराम भर्न केहि सहजता भैइरहेको उहाले बताउनु भयो । स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।