कैलालीको अत्तरियाबाट मोटरसाइकल चोरी

कैलालीको अत्तरियाबाट मोटरसाइकल चोरी

धनगढी । कैलालीमा एउटा मोटरसाइकल चोरी भएको छ । सहजपुरबाट अत्तरिया ल्याएको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । 

जिल्लाको चुरे गाउँपालिका ३ सहजपुर बस्ने प्रेमराज पौडेलको नाममा रहेको सु. प्र. प  ०१–०११ प ६२१० नम्बर को पल्सर मोटरसाइकल चोरी भएको हो । आइतबार राती करिब १२ बजेको समयमा मोटरसाइकल चोरी भएको प्रेमराज पौडेलले बताएका छन् । 

गोदावरी नगरपालिका वडा नं १ दक्षिण वन खेतबाट कालो र रातो रंगको एक सय ५० सिसीको मोटरसाइकल चोरी भएको हो ।

चोरी भएको मोटरसाइकल देख्ने वा कसैको सम्पर्कमा भए ९८४८५९००३३ मा सम्पर्क गर्न हुन उनले अनुरोध गरेका छन् । उनले इलाका प्रहरी कार्यालय अत्तरियामा निवेदन दिएका छन् ।