सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदी स्थिर मूल्यमै कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भएको हो ।

आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन पनि आइतबारकै मूल्यमा कारोबार भएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।