कतिपटक दिनमा अनुहार धुनु उपयुक्त हो ?

कतिपटक दिनमा अनुहार धुनु उपयुक्त हो ?

एजेन्सी । धेरैजसोलाई थाहा हुँदैन दिनमा कतिपटक अनुहार धुनुपर्दछ । जसले गर्दा उनीहरु धेरैपटक पनि फेसवास गर्ने गर्छन् जसले फाइदाको ठाउँमा नोक्सान गर्दछ ।

आज हामी यहाँ जान्नेछौं दिनमा कतिपटक मुख धुनु राम्रो हुन्छ-

तपाईंलाई लागिरहेको छ धेरैपटक मुख धुँदा फाइदा हुन्छ भने गलत हुनुहुन्छ । खासगरी तपाईंले दिनमा मात्र दुईपटक आफ्नो अनुहार धुनु पर्दछ ।

बिहान उठेपछि र रातमा सुत्नु अघि अनुहार सफा गर्नुपर्दछ । यदि तपाईंले चाहेमा वा परिस्थिति हेरेर दिउँसो एकपटक धुन सक्नुहुन्छ । तर, धेरैपटक अनुहार धुनबाट बच्नुहोस् ।

बिहान उठ्ने बित्तिकै अनुहार धुनुपर्दछ । यो त सबैले गर्ने काममा पर्दछ । यसले अनुहारमा जम्मा भएको तेल तथा फोहोर बाहिर निस्कन्छ जसले गर्दा अनुहार सफा हुन्छ । बिहान उठ्ने बित्तिकै मनतातो वा चिसो पानीले अनुहार धुनुहोस् । फेसवासको प्रयोग भने बिहान नगरेको राम्रो हुन्छ ।

तपाईं बिहानको समयमा खाली पानीले सफा नभएजस्तो लाग्छ भने अनुहार धुन बेसनको प्रयोग गर्न सक्नुहुन्छ । यसले सबै फोहोर पनि जान्छ र फेसवासले जस्तो खराब पनि गर्दैन ।

धेरै अनुहार धुँदा अनुहारको पीएच लेवल, छालाको मोइस्चर हराउँछ जसले गर्दा छाला सुख्खा, रुखो तथा चिलाउने समस्या हुन्छ ।

हरेक पटक फेसवासको प्रयोग गर्नु पनि अनुहारका लागि हानिकारक हुन सक्छ । यसका लागि तपाईंले विभिन्न घरेलु सामग्री, मह, मुल्तानी माटो, एलोवेरा, बेसन आदि अनुहार धुनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।