एमाले बैतडी जिल्ला कमिटीको पदाधिकारी सर्वसम्मत, अध्यक्षमा नरेश विक

एमाले बैतडी जिल्ला कमिटीको पदाधिकारी सर्वसम्मत, अध्यक्षमा नरेश विक

कैलाली । नेकपा एमाले बैतडी जिल्ला पार्टीको परै पदाधिकारी सर्वसम्मत चयन गरिएको छ ।

जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सहित पुरै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप–सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी भएकाले छलफल जारी रहेको छ ।