विश्वासको मत लिँदै प्रधानमन्त्रीले भने- 'यो उथलपुथल मैले मात्र गरेको होइन'

विश्वासको मत लिँदै प्रधानमन्त्रीले भने- 'यो उथलपुथल मैले मात्र गरेको होइन'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा अहिले आफूले मात्र उथलपुथल नगरेको बताएका छन् । उनले तेस्रोपटक विश्वासको मत लिने क्रममा बोल्दै उनले निरन्तरतामा क्रमभंगताकै श्रृंखलामा यो भएको बताए ।

निरन्ततरता र क्रमभंगताबाट अघि बढ्छ । १४/१५ महिनामा उथलपुथल भइरहेको छ । यो विकासको एउटा नियम हो' उनले भने,'सरकार पुनर्गठन र आवश्यकताबारे यसअघि नै सरकारलाई जानकारी गराइसकेको छु । यो सार्वभौम संसद्मा मलाई साथ चाहिएको छ । अर्थतन्त्र सुधार्न म लागिरहेको छु । अर्थत्न्तरको सूचक राम्रो लाग्दैछन् ।'

प्रधानमन्त्री दाहालले जसरी काम गर्न खोजेको थिएँ त्यसरी यो टिमले काम गर्न सक्दैन भन्ने भएपछि गठबन्धन फेरेको बताए ।

नेपाली कांग्रेसका केही साथीहरुले व्यक्तिगत आक्षेप लगाएको उनले बताए ।