कांग्रेसलाई प्रधानमन्त्रीको जवाफः धोकाको आरोप त बरु केपी ओलीले लगाउन मिल्छ

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफः धोकाको आरोप त बरु केपी ओलीले लगाउन मिल्छ

काठमाण्डाैं  । प्रधानमन्त्रीले  पुष्पकमल दाहाल प्रचण्डले पूर्वसत्ता साझेदार नेपाली कांग्रेसले आफूलाई धोकाको आरोप लगाउन नमिल्ने दाबी गरेका छन्। 

विश्वासको मत लिनुअघि आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई जवाफ दिएका हुन्। 

उनले आफूले लगाएका सबै गुन बिर्सिएर कांग्रेसले धोकेबाजको आरोप लगाउनु गलत भएको दाबी गरे। 

बरु धोकाको आरोप अहिलेका सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाउन मिल्ने पनि उनले बताए। 

‘यति छिट्टै सबै गुन बिर्सिएर धोका भन्ने! के हो धोका भनेको’, प्रधानमन्त्री प्रचण्डले भने, ‘धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउने दल त त्यसको नेतृत्व गर्नुभएको माननीय केपी ओलीजीले लगाउन मिल्छ। कांग्रेसका साथीहरूले मिल्दैन।’