उदयदेव मन्दिरमा सामूहिक सप्ताह ज्ञान महायज्ञ सुरु

उदयदेव मन्दिरमा सामूहिक सप्ताह ज्ञान महायज्ञ सुरु

बैतडी । बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा सामूहिक सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

साेमबार राष्ट्र कल्याण र विश्व शान्तिका लागि सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका अध्यक्ष केशवबहादुर चन्दले बताए ।

सोमबार स्वगेनी पेपलबाट कृष्ण मन्दीर हुदै उदयदेव मन्दीरसम्म कलशयात्रा गरेर महायज्ञको शुरुवात गरिएको अध्यक्ष चन्दले बताए । महायज्ञमा व्यासाचार्य दिपकराज जोशीले प्रवचन दिइरहेका छन् । महायज्ञमा सहभागी उद्योग मन्त्री दामोदर भण्डारीले प्रसाद ग्रहण गरेका छन् ।

सबैलाई प्रसाद ग्रहणका लागि आयोजक सिद्धनाथ उदयदेव धार्मिक विकास समितिले सबैमा आग्रह समेत गरेका छन् । चैत ४ गतेसम्म महायज्ञ सञ्चालन हुने आयोजक सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका उपाध्यक्ष चमन किशोर भण्डारीले बताए ।

जिल्लामा रहेका प्रसिद्ध धार्मिक स्थलहरुमध्ये उदयदेव मन्दिरलाई लिने गरिएको छ । उदयदेव मन्दिरमा हरेक बर्ष चैत र असोजमा नवरात्रीमा पूजाआजासहित जात्रा हुने गरेको छ ।