प्रधानमन्त्रीले साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने

प्रधानमन्त्रीले साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् । प्रतिनिधिसभा बैठकको क्रममा रोस्टममा पुगेका प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्बोधन गर्न नदिएपछि त्यसबारे धारणा सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

धानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै संसदमा उठेका वा उठाइएका मुद्दाहरूको बारेमा संसदमा स्पष्ट पार्न किन नपाउने भन्दै प्रश्न गरेका छन् । 

उनले आज कांग्रेसले संसदमा देखाएको शैली संसदीय लोकतन्त्रलाई क्षति पुर्‍याउने तथा अशोभनीय भएको टिप्पणी गरे ।