सुदूरपश्चिमसहित तीन प्रदेशका प्रमुख पदमुक्त

सुदूरपश्चिमसहित तीन प्रदेशका प्रमुख पदमुक्त

धनगढी । सुदूरपश्चिमसहित तीन प्रदेशका प्रमुख पदमुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी, मधेश प्रदेशका प्रमुख हरिशङ्कर मिश्र र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई राष्ट्रपतिले पदमुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।