खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बैतडीका एक जनाको भारतमा मृत्यु

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बैतडीका एक जनाको भारतमा मृत्यु

भारतमा खाना पकाउने ग्यास लिक भएर बैतडीका एक जनाको मृत्यु भएको छ । आगलागी हुँदा बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराज कफलढुङ्गाका २० वर्षीय मदन अवस्थीको भारतको बेंगलोरमा मृत्यु भएको हो ।

केही दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर भएका थिए । आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रवार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए ।