बृद्ध दम्पती हत्यामा संलग्न दुई जनालाई जन्म कैदको सजाय

बृद्ध दम्पती हत्यामा संलग्न दुई जनालाई जन्म कैदको सजाय

हत्या गरिएका जोशी दम्पती । 

धनगढी : बृद्ध दम्पती हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत कैलालीले जन्म कैदको सजाय सुनाएको छ । 

धनगढी उपमहानगरपालिका, ७ का बृद्ध दम्पती ७२ वर्षीय बद्री प्रसाद जोशी र उहाँकी श्रीमती ६५ बर्षीया कुन्तीदेवी जोशीको धारिलो हतियार प्रयोग गरि विभत्स तरीकाले हत्या गर्ने बझाङको थलारा गाउपालिका ३ की २१ वर्षिया पुजा बटाला र कलक बटालालाई जन्मकैदको सजाय सुनाईएको अदालतका निमित्त श्रेष्तेदार फणेश्वरी घिमिरेले बताईन् । 

उनीहरुलाई न्यायधिस विष्णु प्रसाद अर्यालयको ईजलासले बुधवार जन्मकैदको सजाय सुनाएको हो । गत बर्षको जेठ ८ गते आफै घरमा सुतिरहेका अवस्थामा बृद्ध दम्पतीको हत्या भएको थियो । 

घटनामा सग्लन भनिएकी पुजाकी आमा हिमकला वलि भने घटनादेखि नै फरार छन । उनको सजाय भने पक्राउ परेपछि मात्रै सुनाईने घिमिरेले जानकारी दिईन ।