सामाजिक विकास मन्त्रीद्वारा कञ्चनपुरमा निर्माणाधीन संरचनाहरुको निरीक्षण

सामाजिक विकास मन्त्रीद्वारा कञ्चनपुरमा निर्माणाधीन संरचनाहरुको निरीक्षण

   
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ले प्रदेश सरकारबाट कञ्चनपुर जिल्लामा निर्माण भइरहेका बिभिन्न योजनाहरुको बुधबार निरिक्षण गर्नुभएको छ । 
सामाजिक विकास मन्त्रालयले प्रदान गरेको बजेटबाट निर्माण भइरहेको भीमदत्त नगरपालिका वडा नम्बर २ को सरस्वती माध्यमिक विद्यालय उल्टाखामको दुई तले चार कोठे भवन, वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीको स्वास्थ्य चौकी भवन, शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ६ कसरौलको खेल मैदान र वडा नम्बर ३ को विद्यालय भवनको मन्त्री सुवेदीले निरिक्षण गर्नुभएको हो । मन्त्री सुवेदी संगै उद्योग पर्यटन, वनतथा वाताववरण राज्य मन्त्री प्रकाश रावल र सोही क्षेत्रका प्रदेश सासंद लाल बहादुर खड्का पनि उपस्थित हुनुहुन्थ्यो ।  
चालू आर्थिक बर्षको असार मसान्त सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने भवनहरुमा निर्माणको काम चलिरहेको छ भने खेल मैदान निर्माण सम्पन्न भइसकेको छ । मन्त्री सुवेदीले निरिक्षणका क्रममा असारमै सबै काम सम्पन्न गरिसक्न निर्देशन दिनुभएको छ ।