एमाले डडेलधुरा अध्यक्षमा गजेन्द्र शाही निर्वाचित

एमाले डडेलधुरा अध्यक्षमा गजेन्द्र शाही निर्वाचित

धनगढी । नेकपा एमाले डडेलधुरा अध्यक्षमा गजेन्द्र शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा  सिद्धराज भट्ट, उप-सचिवमा प्रकाश बोहरा र  इन्दिरा ताम्राकार निर्वाचित भएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । मंगलबार नै  ८१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ ।