दिगो विकास समावेशीकरण सँग जोडिएको छ : मन्त्री घनश्याम चौधरी

दिगो विकास समावेशीकरण सँग जोडिएको छ : मन्त्री घनश्याम चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले दिगो विकास समावेशीकरण सँग जोडिएको बताएका छन्  । धनगढी बिहीबार भएको दिगो विकास  लक्ष्यहरूको स्थानीय करणका लागि प्रदेश तहमा भएका प्रयासहरूको समीक्षा कार्यशालामा उनले यस्तो बताएका हुन् ।

आर्थिक मामिला मन्त्री चौधरीले दिगो विकासलाई विकास सँगै संरक्षण पनि गर्नुपर्ने बताएका छन् । अहिले आफूले सबै कुरालाई दिगो विकास सँग जोडिएको बताउँदै यो एउटा व्यक्तिका लागि नआएको बताएका छन् । अझैँ पनि मानिसको जीवन उस्तैुरहनुुको कारण दिगो विकासमा ध्यान पुग्न नसक्नु नै भएको बताएका छन्  । हामीले विकासलाई होइन दिगो विकासलाई ध्यान दिनुपर्ने उनको भनाई छ ।

''देशमा शुसासन भएन 'उनले भने -देशमा शुुसासन नभएकै कारण दिगो विकास हुन सकेन ।'' सबै सँगको सहकार्यमा प्रदेशमा दिगो विकास गर्ने बताएका छन् । जनताका विषयमा दिगो विकाशका लक्ष्यलाई टेकेर कार्य गरेर अघि बढ्नुपर्ने बताए । 

''सबैको सहकार्यमा देश विकाश गर्ने छु उनले भने- आउने दिनमा नेपाल सरकारलाई कुनै पनि प्रभाव नपर्ने गरी विकास गर्नेछौ ब्याक्तिगत नभई जनताको मुुद्धामा बजेट निर्माण गर्नेछौ ।''  

कार्यक्रममा सहभागीले दिगो विकासमा नीति नियम बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । दिगो विकास लक्ष्यहरूको स्थानीय करणका लागि प्रदेश तहमा भएका प्रयासहरूको विभिन्न मन्त्रालयले आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । 

प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले स्वागत तथा कार्यक्रमको उद्देश्यको बारेमा बताएका थिए । उनले दिगो विकाशले नै देशको विकास सम्भावना भएको बताएका छन् ।

कार्यक्रमको समापन प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले गरेका हुन् ।
कार्यक्रमको सञ्चालन वीर बहादुर धामीले गरेका हुन् ।