होलीमा गायक शिव परियार धनगढी रंगशाला (कवर्ड हल)मा आउदै

होलीमा गायक शिव परियार धनगढी रंगशाला (कवर्ड हल)मा आउदै

धनगढी । चर्चित गायक शिव परियार धनगढी आउने भएका छन् ।  

यस पटकको होली मनाउन लोकप्रिय गायक परियार धनगढी आउने भएका हुन।  रेडियो धनगढी र रकस्टार मिडिया ले आयोजना गर्ने होली उत्सव २०८० मा आफ्नो प्रस्तुति राख्न गायक परियार धनगढी आउने भएका हुन् ।

 गायक परियार धेरै समयको अन्तराल पछी धनगढीमा आफ्नो प्रस्तुती दिदैछन् । धनगढीका दर्शकहरु माझ लामो समय पछी आफ्नो प्रस्तुती दिन पाउँदा उत्साहित भएको गायक परियारको प्रतिक्रिया रहेको छ ।

परियारको 'आँसुको अर्थ के थाहा, संगी, धोकेबाज हौ तिमि, क्या दामी भो, पाकेर खाको फल मिठो, पिलायो साथिले, नभेटि नभेटि, फूलै फूल दिन्छौ की, कहाँ थियौ तिमि रंगमन्च,  फेवातालमा साईली ढुंगा सलल,अलिकति अजर तिम्रो’ धेरै चोटि मरें म त लगायत सयौँ गीतहरु चर्चीत रहेका छन् ।

कार्यक्रमको पहिलो दिन डिजे कल्पीत, गायक तथा अन्य स्थानिय कलाकारको प्रस्तुतीहरु हुने छन् । दोस्रो दिन पनि गायक परियार सहितका अन्य सांगीतीक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । 


यही चैत्र ११ र १२ गते धनगढी रंगशाला (कवर्ड हल) मा होली विषेश कार्यक्रम आयोजना हुन लागेको आयोजक संस्था धनगढी खबरले जनाएको छ । 


कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकको सहभागीता हुने अनुमान आयोजकको रहेको छ । कार्यक्रममा प्रबेश शुल्क पहिलो दिन रु १ सय र दोस्रो दिन रु २०० तोकिएको आयोजकले जनाएको छ । कार्यक्रमको स्थल बाहिर टिकट उपलब्ध हुनेछ ।