धार्मिक र जातीय द्वन्द्व हुन नदिनेगरी काम गरौँ : प्रदेश प्रमुख मिया

धार्मिक र जातीय द्वन्द्व हुन नदिनेगरी काम गरौँ : प्रदेश प्रमुख मिया

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले धार्मिक र जातीय द्वन्द्व नहुने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।धार्मिक र जातीय द्वन्द्व हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी सबैले काम गर्न आग्रह गरे ।

धनगढीमा अन्तरधार्मिक सदभाव सङ्घ नेपाल रुपन्देहीले आइतबार आयोजना गरेको कार्यक्रममा उनले धार्मिक सहिष्णुतासाथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक हुने बताए । उनले कुनै धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने बताए । 

प्रदेश प्रमुख मियाले प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको बताए  । उनका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् ।

सो संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको पनि उनले बताए । रुपन्देहीका शोभाकर पौडेल, सुरेश थापा, गणेश धमिरेलगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकालको सफलताको शुभकामना दिए ।