कर्णाली पुलबाट नदीमा हाम फालेका शाही अझै भेटिएनन्

कर्णाली पुलबाट नदीमा हाम फालेका शाही अझै भेटिएनन्

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका युवक भेटिएका छैनन्।

होली मनाउन कर्णाली पुलमा पुगेका  १७ जना युवक सोमबार साँझ पालैपालै नदीमा हामफालेका थिए। 

तीमध्ये १६ युवक नदीबाट निस्किए पनि लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नदीमै हराएका हुन्।

शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए।

त्यति बेलैदेखि शाहीको खोजी भइरहे पनि उनको अवस्था अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।