कुशल मल्लको अलराउन्ड प्रदर्शनमा नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो

कुशल मल्लको अलराउन्ड प्रदर्शनमा नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो

काठमाडौं । आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले मंगलबार आइरिस टोलीमाथि शानदार जीत हात पार्‍यो ।

आयरल्यान्ड ‘ए’ले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रन जोड्यो । आइरिस टोलीलाई अन्तिम ५ ओभरमा ९१ रन आवश्यक थियो ।

आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे ।

त्यसअघि उनले ब्याटिङमा १३ बलमा ३४ रन जोडेका थिए । सोमपाल कामीले पनि २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एकएक विकेट हात पारे ।

त्यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको थियो । गुल्शन झाले ४६, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ र सन्दीप जोराले २१ रन बनाएका थिए । नेपालले पहिलो खेल ६ विकेट