फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल बहराइनसँग पराजित

फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल बहराइनसँग पराजित

काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल बहराइनसँगको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनको राष्ट्रिय रङ्गशालामा गएराति भएको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको हो ।  बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो । बहराइनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्न सफल भयो ।

डिफेन्डर सायद बाकेरले गोल गरेका थिए । बहराइनका लागि १७ औँ मिनेटमा अब्दुल्लाह युसुफले पेनाल्टीमा गोल गरेर अग्रता दोब्बर बनाए । कोमाइल इलसवादले ३६औं मिनेटमा बहराइनका लागि  तेस्रो गोल गरे । पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा  टोलीमा ४ परिवर्तन गरेको थियो । तर नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

नेपाल ४ खेलमा अङ्कबिहीन रहँदै समूहको पुछारमा छ । नेपालले यसअघि यूएईसँग ४–०, यमनसँग २–० र बहराइनँंग ५–० को हार बेहोरेको थियो । यूएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अङ्क सहित बहराइन दोस्रो र यमन ३ अङ्क सहित तेस्रो छन् ।

नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आउने जुनमा खेल्नेछ ।