कैलालीबाट सरुवा भए डिएसपी चन्द

कैलालीबाट सरुवा भए डिएसपी चन्द

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी कुलदिप चन्दको सरुवा भएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डिएसपी चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा पठाइएको छ ।

उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवीन्द्र सिंह बोहरा आउने भएका छन् ।
उनीसँगै प्रहरी प्रधान कार्यालयले गत बुधवार १४१ डिएसपीको सरुवा गरेको हो । 

डिएसपी चन्दले जाँदा जाँदै शुभचिन्तक सबैलाई धन्यवाद  दिएका छन् । उनले भनेका छन् - कैलाली जिल्लाको यो बसाइ कतिको सफल वा असफल रह्यो यसको शुद्ध मापन यहाँका सेवाग्राही हरुले गरेको अनुभूतिले निर्धारण गर्ने हुँदा मेरो निजी कुनै टिप्पणी छैन ।,' यस्तै उनले यद्यपि नयाँ ठाउँमा जान लागेको हुँदा सबैमा धन्यवाद व्यक्त गरेका हुन् । 

यसरी दिए उनले सामाजीक सञ्जाल मार्फतसबैलाई धन्यवाद.. 
जागिरे जीवनको यो बिसौनीको निर्धारित समयावधि समाप्त भएको जनाउ प्राप्त भयो र नयाँ गन्तव्य तर्फ प्रस्थान हुन लाग्दाको यस घडीमा थोरै केही शब्द यस सञ्जाल मार्फत मेरा अनन्य शुभचिन्तक हरुका लागि कोर्न आवश्यक ठाने , 

कैलाली जिल्लाको यो बसाइ कतिको सफल वा असफल रह्यो यसको शुद्ध मापन यहाँका सेवाग्राही हरुले गरेको अनुभूति ले निर्धारण गर्ने हुँदा मेरो निजी कुनै टिप्पणी छैन । जन्म थलो सुदूरपश्चिम अनि कर्म थलो पनि सुप नै पर्नु यो संयोग मेरा लागि मिश्रित अनुभव प्राप्त गर्ने अवसरका रूपमा पनि रह्यो।  मेरो १४ महिने बसाइमा कतिपय सामाजिक तथा पारम्परिक कर्मकाण्ड हरू वा पारिवारिक काज्य हरुमा व्यावसायिक धर्म निर्वाहको क्रममा आइ परेका प्रतिकुलताका कारण मैले मेरो उपस्थिति जनाउन सकिन यसमा  मेरा आफन्त जनले पक्कै पनि केही चित्त दुखाउनु भएको महसुस गरेको छु, आशा छ यसलाई मेरो अनिच्छा भन्दा पनि बाध्यता थियो भनेर बुझिदिनु हुनेछ। 

जिल्ला प्रहरी कार्यालयको दैनिक कामकाजमा मुख्य नेतृत्वको सहायकको भूमिकामा रही आफूसित भएको अनुभव, ज्ञान सीप र कानुन प्रदत्त क्षेत्राधिकारको इमानदारिता साथ कानुन कार्यान्वयनमा अधिकतम ऊर्जा खर्चेर सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रयास गरे भन्ने मेरो ठहर हो, तर मेरो यो ठम्याइ ठिक वा बेठिक यसको परीक्षण र निर्क्योल गर्ने जिम्मा मेरा सिनियर सुपरभाइजर कमान्डर सर हरुमा निहित हुने हुँदा यसमा पनि मेरो कुनै दाबी टिप्पणी छैन । यद्यपि मेरो भूमिका कार्यकारी नभई सहयोगीको मात्रै थियो, तालुक प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि ज्यु, जिल्ला प्रहरी प्रमुख ज्यु समेतको स्नेहिल मार्ग निर्देशन अनि सहकर्मी सिनियर प्रहरी अधिकृत, यजुनिर प्रहरी अधिकृत, लगायत सबै दर्जाका प्र।क हरुको सामूहिक भावनायुक्त कार्यशैली र समर्पण भावयुक्त लगनशीलता र सहयोग सदैव स्मरणीय रहनेछ र यहाँ हरू प्रति अत्यन्तै कृतज्ञ छु , भविष्यमा पनि यस्तै आत्मीय एवं स्निहिल मार्ग दर्शनको अपेक्षा गरेको छु। भनिन्छ पृथ्वी वृत्ताकार पथमा गतिशील छ समय चक्र सँगै पुनः भविष्यमा सहकार्य गर्ने अवसरको पुनरावृत्तिको योग जुरोस् ,अनुशरण वा स्मरण योग्य कुनै गुण यदि म भित्र  नोटिस गर्नु भएको भए त्यो मेरो लागि अमूल्य पुँजी हुनेछ र यदि कुनै अवगुण ठम्म्याउनु भएको भए  सकारात्मक पृष्ठपोषणको रूपमा  ग्रहण गरी सुधार गर्ने अवसरको रूपमा लिनेछु।कैलाली जिल्लावासी सेवाग्राही हरुको असीम माया , राजनैतिक दल सम्बद्ध प्रतिनिधि ज्यु हरुको मित्रवत समन्वय र सहकार्य , सुशासन र नागरिकका हकहित एवं शान्ति सुरक्षाका सवालमा निरन्तर खबरदारी गर्ने विभिन्न सञ्चार गृह सँग आबद्ध मिडियाकर्मी मित्र हरुको  रचनात्मक सहयोग एवं सद्भाव प्रति आभार प्रकट गर्दै अबको कर्मथलो संघीय राजधानी काठमाडौँ बाट सम्पर्कमा रहने बाचा सहित कैलाली बसाइ लाई औपचारिक बिराम।।                                    
...... जय मातृभूमि जय सुदूरपश्चिम !!