कैलालीको खुटिया नदिमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

कैलालीको खुटिया नदिमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

धनगढी । कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर-८ स्थीत खुटीया नदीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको पुष्टि भएको हो। उनी गोदावरी नगरपालिका वडा नम्बर-९ बल्मीका ५५ वर्षीय श्याम दमाई रहेको बताईएको छ।

मानसिक बिरामीसमेत रहेका उनी हिजोदेखि सम्पर्क विहीन रहेका थिए। दमाईको मृत्यु भईसकेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालले बताए।