मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

विहीबार बेलुकी सात बजे आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको छ । मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।