डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम धनगढीमा सम्पन्न

डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम धनगढीमा सम्पन्न

धनगढी । डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम धनगढीमा सम्पन्न भएको छ । शुक्रवारबाट सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तालिम सम्पन्न भएको हो ।

डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम आजको आवश्यकता रहेको हुँदा यस प्रकारको तालिम पहिलो पटक गरिएको  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताए । उनले यस प्रकारको तालिमले पत्रकारितामा निकै सहजता ल्याउने बताए ।

प्रदेशका निर्वतमान अध्यक्ष अर्जुन शाहले डिजिटल मिडिया सम्बन्धी ज्ञान सबै पत्रकारलाई आवश्यक रहेको बताए । ।

तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाका ३० बढी पत्रकारको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षक अरुण कार्की रहेका थिए ।

कार्यक्रमको सहजीकरण महासचिव रामसिंह ठगुन्नाले गरेका हुन् । तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री शिव राज भट्टले गरेका थिए ।