के हुन्छ  लामो समय पिसाब रोकेर राख्दा ?

के हुन्छ  लामो समय पिसाब रोकेर राख्दा ?

एजेन्सी । कतिपय अवस्थामा हामीले पिसाब लामो समय रोकेर राख्छौं । यात्रा वा कुनै बैठकका क्रममा पिसाब रोक्नुपर्ने परिस्थिति हुन्छ तर, यसबारेमा स्वास्थ्य विशेषज्ञले भने चेतावनी दिएका छन् ।

डाक्टरको भनाईअनुसार पिसाब लामो समय रोकेर राख्दा पिसाबथैलीका मांसपेशी कमजोर हुँदै जान्छन् । नियमित रुपमा पिसाब रोकेर राख्ने बानीले पिसाबथैली कमजोर हुन्छ र त्यहाँ नोक्सान पनि हुन सक्छ ।

लामो समय पिसाब रोक्दा युटिआई अर्थात पिसाब सम्बन्धी संक्रमणको खतरा पनि हुन्छ । यो समस्या लामो समयसम्म भइरह्यो भने यसले पिसाबथैलीको कार्यक्षमतामा पनि नकारात्मक प्रभाव पर्न सक्छ ।

थैलीमा जब लामो समयसम्म पिसाब रहन्छ यसले ब्याक्टेरिया बन्न सुरु हुन्छ जसले गर्दा यूटीआईको समस्या हुन्छ ।

पिसाब रोकेर राख्ने बानीले गम्भीर रुपमा यूरिनरी रिटेन्शन नामक समस्या पनि हुन सक्छ जसमा पिसाब सहीसँग हुँदैन । यस्तै पिसाब गर्ने क्रममा थैली पूर्ण रुपले खाली पनि हुन सक्दैन ।

यस्तो खालको समस्या बढ्दै गयो भने पिसाब लागेको अवस्थामा पनि तपाईंलाई थाहा नहुन सक्छ ।

पिसाबथैली किड्नीसँग पनि जोडिएको हुनछ । यूटीआईको समस्या बढ्दै गयो भने यो संक्रमणले किड्नीमा पनि असर पार्न सक्छ । त्यसैले पिसाब कहिल्यै पनि रोक्ने कोसिस नगर्नुहोस् ।

गर्भवती महिलालाई पनि यूटीआई संक्रमणको खतरा रहिरहन्छ र लामो समय पिसाब रोकेर राख्दा समस्या झनै बढ्न सक्छ ।