बजेट अपारदर्शी भएको भन्दै प्रतिपक्षी सासंदहरुले रातो किताब जलाए

बजेट अपारदर्शी भएको भन्दै प्रतिपक्षी सासंदहरुले रातो किताब जलाए

धनगढी : प्रदेश सभाको बिहीबारको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको छ । प्रदेश सभामा अवरोध पु¥याएर बैठक स्थगित भएपछि प्रतिपक्षी सासंदहरुले प्रदेश सभाको मूल प्रवेश द्वार अगाडि रातो किताब जलाएका थिए । सरकार बिरुद्ध नारावाजी गर्दै उनीहरुले रातो किताब जलाएका हुन्।

रातो किताब जलाएपछि प्रमुख प्रतिपक्षी दलका नेता डा. रण बहादुर रावलले बजेट भाषण गरेको चार दिन पछि मात्रै रातो किताब दिइएको र रातो किताबमा योजनाहरु प्रष्ट रुपमा नराखिएकोले आफुहरुले जलाएको बताउनुभयो । उहाँले गैर जिम्मेवार सरकारले गैर जिम्मेवार ढंगले बजेट ल्याएको आरोप लगाउनुभयो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीको समेत समर्थन र साथ लिएर बिहीबार प्रदेश सभा बैठकमा अवरोध गर्दै रातो किताब जलाएको हो ।  रातो किताब जलाउनु पूर्व प्रदेश सभा बैठक अवरुद्ध गर्दा सभामुखले दिएको समयमा बोल्दै नेपाली कांग्रेसका सासंद भरत बहादुर खड्काले प्रदेश सरकारले रातो किताबको सट्टा खाली किताब ल्याएको बताउनुभयो ।

“यो रेड बुक होइन, ब्ल्याङ्क बुक हो”, सांसद खड्काले भन्नुभयो–“यसमा सरकारका मन्त्रीहरुले जसरी योजना भरे पनि हुन्छ ।” उहाँले सरकारले रातो किताबमा उल्लेख गरेका योजनाहरुले विकास र समृद्धि नभई लुट र भ्रष्टाचार बढाउने बताउनुभयो । उहाँले सरकार नसच्चिए सम्म यथास्थितिमा आफुहरुले सदन चल्न नदिने बताउनुभयो । 

सांसद खड्काले प्रतिपक्षी सासंदहरुले रातो किताब जलाएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरिएको बजेट मार्फत सुदूरपश्चिम प्रदेशका जनतालाई सरकारले ठगेको बताउनुभयो । बजेट अपारदर्शी रहेको भन्दै सासंद खड्काले सदनलाई अपमान गर्दै ल्याइएको बजेट संशोधन हुनुपर्ने माग गर्नुभयो । 

प्रतिपक्षीको अवरोधका कारण प्रदेश सभाको बैठक स्थगित भएपछि सदनमा आफ्नो कुरा राख्न नपाएका प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादर बोहराले सञ्चारकर्मीहरुसित बजेट सन्तुलित रहेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले बजेट संशोधनको कुनै गुञ्जाइस नरहेको बताउनुभयो । रातो किकताबमा उल्लेख गर्दा ब्रेक डाउन गर्न छुटेको कुरालाई सम्बन्धित मन्त्रालयका मन्त्रीले जानकारी दिने बताउँदै मन्त्री बोहराले बजेट संशोधन हुनुपर्छ भन्ने पक्षमा प्रदेश सरकार नरहेको प्रष्ट पार्नुभयो । 

प्रतिपक्षीको अवरोधका कारण बैठक स्थगित गर्नु अघि सभामुख अर्जुन बहादुर थापाले आर्थिक मामिला तथा योजना मन्त्री लाई बजेट बारे प्रष्ट पार्न बिशेष समय उपलब्ध गराएकोले कुरा सुनेर मात्रै विरोध गर्न आग्रह गर्नुभएको थियो । तर प्रतिपक्षी सासंदहरुले अवरोध जारी राखेपछि असार ८ गते आइतबार सम्मका लागि सभामुख थापाले बैठक स्गति गर्नुभएको छ ।