घरभित्रै मृत फेला परे दम्पती

घरभित्रै मृत फेला परे दम्पती

काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।

वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।

‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ वडाअध्यक्ष घर्तीले भने, ‘घटनास्थल रगताम्मे छ ।’

प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले बताए ।