ट्रिपर सडकमै पल्टिएर दुर्घटना हुँदा दुई जना घाइते

ट्रिपर सडकमै पल्टिएर दुर्घटना हुँदा दुई जना घाइते

धादिङ । नीलकण्ठ नगरपालिकास्थित सुनौला बजारमा आज विहान भएको सवारी दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।

भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्ग बोकेर जाँदै गरेको ट्रिपर दुर्घटनामा परी उनिहरु घाईते भएका हुन् ।

बा ५ खा ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिन पुग्दा दुर्घटनामा परेको हो । घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने वर्ष ४२ नविन तामाङ्ग र नीलकण्ड नगरपालीका-६ बस्ने वर्ष ३० खिखाबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।