एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

नेकपा (एमाले) सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्।

नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो। मंगलबार मध्याह्न सकिएको मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी निवर्तमान जिल्ला अध्यक्ष कमल नेपालले ३४९ मत प्राप्त गरे।

श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। नेपाल पनि २०७४ कै निर्वाचनमा लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

उपाध्यक्षमा अर्जुन भण्डारी ३४५ मत ल्याएर निर्वाचित भए। ४०३ मत ल्याएर कृष्णगोपाल तामाङ सचिवमा निर्वाचित भए। 

खुला उपसचिवतर्फ शिवहरि सापकोटा निर्वाचित भए। उनले ३६६ मत ल्याए।

महिला उपसचिवतर्फ सुशीला पाख्रिन ४५६ मत ल्याएर निर्वाचित भइन्। 

उपाध्यक्ष, सचिव र दुवै उपसचिव नेपाल समूहका निर्वाचित भएका हुन्।

अधिवेशनमा ७४७ प्रतिनिधि थिए भने १०५ सदस्यीय कमिटी चुनिएको छ।