बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

दोलखा । बसको ठक्करबाट विगु गाउँपालिका–३, बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले उनलाई ठक्कर दिएको थियो । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

विगु गाउँपालिका–४, फिस्टेढुंगाबाट घर फर्कंदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिंगटीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।