कर्णालीमा माओवादीले भन्यो राजनीतिक सन्तुलन मिलाउन विश्वासको मत लिन्छौं बरू भोलिपल्टै राजीनामा दिने तयारी छौ

कर्णालीमा माओवादीले भन्यो राजनीतिक सन्तुलन मिलाउन विश्वासको मत लिन्छौं बरू भोलिपल्टै राजीनामा दिने   तयारी छौ

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दलले मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएर मात्र राजीनामा दिने निष्कर्ष निकालेको छ।
मंगलबार एमाले र माओवादीबीच पटकपटक भएको छलफल निष्कर्षविहीन भएको छ। माओवादीले यही अडान राखेपछि एमालेले आफ्नो निर्णय गर्न सकेको छैन।

माओवादीको कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिं परियारले राजनीतिक सन्तुलन मिलाउनका लागि पनि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए। विश्वासको मतपछि राजीनामा दिने लिखित सहमति चाहे पनि तयार रहेको उनले बताए।
हामीले राजनीतिक सन्तुलन मिलाउने कुरामा मात्र विश्वासको मत लिन खोजेको हो, नत्र विश्वासको मत नपाउने भएपछि राजीनामा दिएको भन्ने भ्रम पर्छ  परियारले भने,बरू भोलि विश्वासको मत लिएर पर्सी नै राजीनामा दिनुपर्ने भए पनि हामी तयार छौं, यसको लागि लिखित मागे पनि दिन्छौं।’