आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

धनगढी । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बुधबार बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।