दार्चुलामा करेन्ट लागेर घाइते भएका एक जनाको मृत्यु

दार्चुलामा करेन्ट लागेर घाइते भएका एक जनाको मृत्यु

धनगढी । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएका एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका- १ बारिलका ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

 गत शुक्रबार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो ।उनको बर्निङ अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेकाले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पीडित परिवारले गरेको छ ।