टीकापुरमा एक पुरुषको शव फेला

टीकापुरमा  एक पुरुषको शव फेला

कैलालीको टीकापुरमा एक पुरुषको शव फेला परेको छ । लम्की टीकापुर सडक अन्तर्गत कर्णाली क्रेसर नजिक पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरले शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएजस्तो देखिएको बताएको छ । शव महेन्द्र विकको भनिएको तर आधिकारीक पुष्टि नभएको बताइएको छ । टीकापुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।