सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागी १० जनाको आवेदन स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागी १० जनाको आवेदन स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ।

उपकुलपति छनोट तथा सिफारिस समि तिले प्रकाशन गरेको सूचना अनुसार प्रा।डा। अक्कलदेव मिश्र,प्रा।डा।तारादत्त भट्ट, प्रा।डा। धुव्र कुमार गौतम र प्रा।डा पदम राज जोशीको आवेदन स्वीकृत भएको छ। त्यसैगरि प्रा।डा।पूर्णबहादुर चन्द, प्रा।डा।भवानी दत्त जोशी, प्रा।यज्ञराज पाठक, राजेशकुमार ठगुराठी र प्रा।डा हेमराज पन्तको दरखास्त स्वीकृत भएको छ।

स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र भिजनपेपर र विश्वविद्यालयको चार वर्षे कार्ययोजना प्रोफेसनल वर्क प्लान पेस गर्न समितिले आग्रह गरेको छ।