प्रहरी हिरासतमा रहेका ६ जना धरौटीमा छुटे

प्रहरी हिरासतमा रहेका ६ जना धरौटीमा छुटे

अत्तरिया महोत्सवको नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतमा रहेका ६ जना धरौटीमा छुटेका छन् ।
उक्त प्रकरणमा मुछिएका अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, निवर्तमान अध्यक्ष अशोकराज देबकोटा, संघका महासचिव शंकर खड्का, सचिब दिलिप कुमार साउँद,समिति सदस्य बम बहादुर बोगटी र टिकट काट्ने जिम्मा लिएको स्ववियु सभापति भुबन महरालाई जनही ५० हजार धरौटीमा रिहाई गरिएको छ  ।

बुधबार भएको थुनचेक बहस पछि उनीहरुलाई सरकारी ओकिलको कार्यालयले छुटाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको   हो।