गण्डकीका प्रमुख भट्ट र बागमती प्रदेशका प्रमुख शर्माबीच भेटवार्ता

गण्डकीका प्रमुख भट्ट र बागमती प्रदेशका  प्रमुख शर्माबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ ।
गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गरे । यस्तै, हालै प्रमुख प्रदेश नियुक्त भएकोमा बागमती प्रमुख शर्माले भट्टलाई बधाई ज्ञापन गरे ।
प्रमुखद्वयबीच आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच सम्बन्ध थप प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए । काम र अनुभवहरू पनि साटासाट गरे ।
भेटका अवसरमा आपसी कार्यानुभव आदान प्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रदेशका सिमान्तकृत समुदाय उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
उक्त अवसरमा बागमती प्रदेश प्रमुख शर्माले देशमा सातै प्रदेश प्रमुखहरूको बैठक बस्ने गरी योजना बनाइरहेको बताउँदै बागमती प्रदेशमा निमन्त्रणा समेत गरेका थिए । उनले आफ्नो अन्तरप्रदेश भ्रमण आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि सहयोगी हुने विश्वास व्यक्त गरे ।